रौतहटको राजपुरमा फैलियो झाडा पखाला, हैजाको संकेत

२०८१ अशोज ४

रौतहट । रौतहटको राजपुर नगरपालिकामा झाडा पखाला फैलिएको छ । भने केही जनामा हैजाको संकेत देखिएको प्राथमिक स्वास्थ्य केन्द्र राजपुरले जानकारी दिएको छ ।

राजपुरको वार्ड नं. ३ र ४ मा झाडा पखालाको प्रकोप फैलिएको र केहीमा हैजाको जस्तो संकेत समेत देखा परेको स्वास्थ्य केन्द्रका संयोजक खुर्शेद आलमले जनाए । बिहीबार र शुक्रबार हालसम्म गरी २२ जना झाडा पखालाका बिरामी उपचार गराउन प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा आएको उनले बताएका हुन् ।

२२ जना बिरामीमध्ये स्वास्थ्य केन्द्रमा १० जना महिला, ७ जना बालबालिका र एक जना पुरुष गरी १८ जना भर्ना गरेर उपचार भइरहेको उनले बताए । उनका अनुसार ४ जना उपचारपछि घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्: