काठमाडौँ । संविधान दिवसको अवसर पारेर भोलि ३ असोज (बिहीबार)देखि धरहरा सर्वसाधारणको लागि खुला गरिने भएको छ । 
सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो । लगतै संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजनालाई निर्देशन दिएको थियो ।
यो आयोजना पुनर्निर्माण प्राधिकरणको समयसीमा भित्र निर्माण हुन नसकेपछि सहरी विकास मन्त्रालय मातहत सहरी विकास तथा भवन निर्माण विभागबाट आयोजना कार्यान्वयन भइरहेको छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख ११ गते उद्घाटन गरेको धरहरा ६ पटकसम्म म्याद थप गरेर बिहीबार फेरि उद्घाटन गरिने छ । एक दशकसम्म पनि निर्माण सम्पन्न हुन नसकेको धरहरा फेरि पनि हतारमै उद्घाटन हुन लागेको हो
परियोजनाले भोलिदेखि धरहरामा दैनिक करिब ५०० जनालाई चढ्न दिने गरी व्यवस्थापन गर्दैछ ।



प्रतिक्रिया दिनुहोस्: