सिमलताल: खाने तेल बोकेको ट्रक त्रिशूलीमा खस्यो

२०८१ भदौ ३०

भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलतालको २५ किलो भन्ने ठाउँमा मालवाहक ट्रक त्रिशूलीमा खसेको छ ।

ना ६ ख ६२८३ नम्बरको ट्रक भरतपुर – मुग्लिङ सडक खण्डको नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका जनाएको छ।

प्रहरीका अनुसार खाने तेल बोकेर बाराको सिमराबाट काठमाडौँ आउँदै गरेको ट्रक दुर्घटना भएको हो । घटनास्थलमा प्रहरी पुगेर खोज तथा उद्धार सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्: