कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार सँगै नयाँ मन्त्रीले लिए शपथ

२०८१ भदौ २८

विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले २०८१ वैशाख २७ र जेठ ४ गते गठित मन्त्रिपरिषद्‌मा तीन मन्त्री र एक राज्यमन्त्री थप गरी शुक्रबार मन्त्रिमण्डल विस्तार गरेका छन्।

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथग्रहण गराएका छन् ।

प्रदेश प्रमुख खापुङले भौतिक पूर्वाधार विकाश मन्त्रीमा भूपेन्द्र राई, उद्योग, कृषि तथा सहकारीमन्त्रीमा खगेनसिंह हाङगाम र पर्यटन, वन तथा वातावरणमन्त्रीमा सदानन्द मण्डललाई शपथग्रहण गराएका छन् ।

यसैगरी मुख्यमन्त्री कार्कीले भौतिक, पूर्वाधार विकास राज्यमन्त्रीमा भुमि प्रसाद राजवंशीलाई पद तथा गोपनियताको शपथग्रहण गराए हुन्।

शपथग्रहण समारोहमा कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्ट, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न मन्त्रालयका सचिव, राजनीतिक दलका कार्यकर्तालगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्: