५ जिल्लाका सीडीओ सरुवा काठमाडौंमा जयनारायण आचार्य

२०८१ भदौ २६

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंसहितका ५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको सरुवा गरेको छ।

काठमाडौंका सीडीओ जितेन्द्र बस्नेतलाई गृह मन्त्रालयमा तानेर उनको सट्टा जयनारायण आचार्यलाई पठाइएको छ । यसअघि आचार्य कारागार व्यवस्था विभागको महानिर्देशक थिए।

सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिलाप्रसाद शर्मा र प्यूठानमा रमा आचार्य सुवेदीलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी जिम्मेवारी पाएका छन्।

अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी बाबुराम अर्यालले पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्: