प्रथम महिला पौडेलद्वारा पशुपतिनाथको दर्शन

२०८१ भदौ २१

काठमाडौँ । प्रथम महिला सविता पौडेलले हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गरेकी छिन् । प्रथम महिला पौडेल आज (शुक्रबार) अपराह्न परिवारका सदस्य साथ पशुपतिनाथ मन्दिर पुगी शिवजीको पूजा अर्चना गरेकी हुन् ।

नेपाली नारीको महान् पर्व हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा तीन लाखभन्दा बढी भक्तजनले दर्शन एवं पूजा आराधना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: