मधेश प्रदेशका पत्रकार लाई १ लाखको स्वास्थ्य र ७ लाखको दुर्घटना बिमा गरिनेछ : मुख्यमन्त्री सिंह

२०८१ भदौ २१

वीरगञ्ज। मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले प्रदेशमा क्रियाशील पत्रकारहरुका लागि १ लाखको स्वास्थ्य बिमा गराउने घोषणा गरेका छन् ।

न्यूज २४ टेलिभिजनको प्रादेशिक ब्यूरो कार्यालयको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री सिंहले यस्तो घोषणा गरेका हुन ।

उनले प्रदेशका क्रियाशील पत्रकारहरु लाइ रु १ लाखको स्वास्थ्य बिमा प्रदेश सरकारबाट चालु आर्थिक वर्षदेखि नै सुरु गरिने बताए ।

चालू आर्थिक वर्षदेखि क्रियाशील पत्रकारहरुको स्वास्थ्य बिमा लागू हुनेछ , भने ७ लाखको दुर्घटना बिमाको समेत व्यवस्था गरेको मुख्यमन्त्री सिंहले बताए ।

पत्रकारहरुको क्षमता अभिवृद्धि एवम उच्च शिक्षा हासिल गर्न चाहने पत्रकारहरुलाई प्रदेश सरकारले छात्रवृतिको समेत व्यवस्था गरेको मुख्मन्त्री सिंहले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्: