एनसेल सँगको प्रधानमन्त्रीको सम्बन्ध जान्न चाहन्छौं : प्रभु साह

२०८१ भदौ १८

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष एवम्  प्रतिनिधिसभा सदस्य प्रभु साहले टेलीफोन सेवा प्रदायक कम्पनी एनसेल र प्रधानमन्त्रीको सम्बन्ध के हो ? भनेर संसदमा प्रश्न गरेका छन् । एनसेलको लाइसेन्स नवीकरण कानुनविपरीत भएको दाबी गर्दै उनले शक्तिको आडमा लाइसेन्स नवीकरण गरिएको बताए ।

कानुनविपरीत फेरि एनसेलको नवीकरण हुने भएछ । करदाता कार्यालयले तोकिएको राजस्व नलिइकन सरकारले नवीकरण गर्ने निर्णय गर्‍यो । किस्तामा राजस्व लिनेगरी नवीकरण गर्ने निर्णय गर्‍यो । यस्तो निर्णय तेस्रो पटक गर्‍यो, यो नवीकरण कुन कानुनअन्तर्गत रहेर गरियो ?,’ साहले प्रश्न गरे। ‘प्रधानमन्त्रीको एनसेलसँग कस्तो कनेक्सन छ हामी जान्न चाहन्छौँ ?’

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद साहले करदाता कार्यालयले तोकिएको राजस्व नलिई सरकारले एनसेलको नवीकरण गर्ने निर्णय लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्: