लहान । स्रोत नखुलेको १० लाख रुपैयाँभन्दा बढी मूल्य बरावरको चाँदीका विभिन्न गरगहनासहित सिराहा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय लहानले विशेष सुचनाको आधारमा लहान ७ दुर्गामन्दिरबाट मोरङ्ग उर्लावारी नगरपालिका ५ का घर भएका ३० वर्षीय दीपेन्द्र विश्वकर्मालाई करिब ८ केजी चाँदीको गहनासहित पक्राउ गरेको हो ।
चाँदीका गहना बोकेर लहान बजारबाट दुर्गा मन्दिरतर्फ आउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले पैदल यात्रीले बोकेको कालो रङ्गको झोला चेकजाँच गर्दा १० लाख ४० हजार मूल्य बराबरको करिब ८ केजी चाँदीको गहनासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिएका हुन्।
गरगहना बारेमा अनुसन्धान भइरहेको र गरगहनासहित विश्वकर्मालाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सापकोटाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्: