काठमाडौं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको खानेपानी मन्त्री प्रदीप यादवले जानकारी दिए ।
मुख्य सचिव नियुक्त अर्याल हाल गृह सचिव छन् । उनी वरीयताक्रममा चौँथो नम्बरमा थिए । उनी अब दुई वर्षभन्दा बढी मुख्य सचिव रहनेछन् । हाल मुख्य सचिव रहेकी लीलादेवी गड्तौला उमेर हदका कारण शुक्रबार अवकाश पाउँदैछिन् ।
हाल गृह सचिव रहेका अर्याल सचिवहरुको वरियतामा चौथो नम्बरमा थिए । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली पहिलो, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई तेस्रो वरियतामा थिए ।
तर चौथो नम्बरमा रहेका अर्याललाई मुख्यसचिव बनायो ।



प्रतिक्रिया दिनुहोस्: