बाँकेमा बस दुर्घटना, २ जनाको मृत्यु

२०८१ भदौ १३

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र २४ वर्षीय सन्तोष भुसाल छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीका अनुसार मृतक ओली बसका यात्रु हुन् भने भुसाल बसका सहचालक हुन् ।

आज दिउँसो नेपालगञ्ज–कोहलपुर सडकखण्डको गनापुर भन्ने स्थानमा भे १ ख २१२८ नम्बरको बस आफैं अनियन्त्रित भई पल्टिएको थियो । उक्त बस दाङ तुलसीपुरबाट नेपालगञ्ज जाँदै थियो । बस पल्टिँदा गुडिरहेको एउटा मोटरसाइकलमा ठोक्किएको थियो ।

सो दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेहरुको उपचार नेपालगञ्ज र कोहलपुरका अस्पतालमा भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्: