समाज
वीरगञ्ज । वीरगञ्जमा रु एक करोड ३१ लाख १५ हजार छ सय ९८ मूल्य पर्ने बिलबीजक नभएका औषधी तथा लत्ताकपडासहित सामान जिल्ला प्रहरी पर्साले पक्रेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–८ स्थित घण्टाघरबाट बिलबीजकभन्दा धेरै समान बोकेका दुईवटा ट्रकसहितको सामान बरामद गरेको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिएका छन्।
उनले बिलबीजकभन्दा धेरै सामान बोकेका लत्ताकपडा र औषधी बोकेका ट्रकलाई पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएका बताए । सु प प्र–०१–००१ ख ३०८८ र ना ३ ख ५१६५ नंको मालवाहक ट्रकबाट कपडा, औषधी र खुद्रा मालवस्तु लोड गरी चितवन तथा कैलालीतर्फ लैजाने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्: