तनहुँ बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुग्यो

२०८१ भदौ ७

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्वर २ ऐनापहरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ।

पोखराबाट काठमाडौंका लागि हिडेको  ४३ जना सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस आज ऐनापहरा नजिकबाट मर्स्याङ्दीमा खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ भने बाँकी सबैको मृत्यु भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिएका छन्।

गम्भीर घाइते १६ जनालाई हेलिकप्टरमार्फत दुई पटक गरेर काठमाडौं पठाइयो भने बाँकी सबैको मृत्यु भयो, सुरुमा १४ जनाको मृत्यु भएको र पछि १३ जना गरी २७ जनाको मृत्यु भएको हो ।

मृत्यु हुने सबैको शव आँबुखैरेनी गाउँपालिकामा राखिएको छ भने दुर्घटना अवस्थाबारे भारतीय राजदूतावास मार्फत पनि जानकारी गराइएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार बाँकी प्रक्रियाकाबारे टुंगो लागिसकेको छैन ।

भदौ ४ गते भारतको गोरखपुर हुदै बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । उनीहरु २ दिन पोखराको स्पोर्ट्स होटलमा बसेर काठमाडौं हिँडेको थिए ।

प्रतिक्रिया दिनुहोस्: