कांग्रेस सांसद केसी: भ्रष्टाचार मुद्दामा हदम्याद राखे विद्रोह हुन्छ

२०८१ भदौ ५

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले भ्रष्टाचार मुद्दा अनुसन्धानमा ५ वर्षको हदम्याद राख्ने प्रस्ताव स्वीकार्य नहुने बताएका छन् ।

सरकार भ्रष्टाचारी जोगाउन लागेको, ठूला भ्रष्टाचारका काण्ड छिपाउन खोजिदैछ । यस्तो बेला कानुन बनाउँदा विशेष ख्याल गर्नुपर्छ’। बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऎन २०५९ को संशोधन विधेयकमाथिको छलफलमा उनले यस्तो व्यवस्थाले जनमानसमा भ्रष्टाचारी जोगाउन खोजेको सन्देश जाने बताए ।

भ्रष्टाचारको अनुसन्धानमा ५ वर्षको हदम्याद राख्ने कुरा सुशासनमाथिको भद्दा मजाक हो । कानुनी सजायबाट उन्मुक्ति दिने नियत नै गलत केसीले थपे, ‘सबै कालखण्डको भ्रष्टाचार हेर्नुपर्छ । कुनै हालतमा ५ बर्षको हदम्याद स्वीकार्न सकिन्न ।

सांसद केसीले सर्वोच्च अदालतमा ४ हजार मुद्दा ५ वर्ष पुराना रहेको उल्लेख गर्दै हदम्याद स्वीकार गर्नै नसकिने दोहोर्‍याए ।

सांसद केसी यो विधेयकका संसोधनकर्ता हुन् । समितिले लिएको निर्णयमा उनको निर्णय लागू हुदैन । तर प्रतिनिधि सभाको बैठकमा छलफल हुँदा भने उनले असन्तुष्टि र नोट अफ डिसेन्ट लेख्न सक्छन् ।

भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राखे बिद्रोह जन्मिने उनको चेतावनी छ । ‘भ्रष्टाचार अनुसन्धानमा समयसीमा राखे असन्तुष्टि मात्रै होइन बिद्रोह जन्मिन्छ’, केसीले भने, ‘यदि भ्रष्टाचारमा अनुसन्धानको सीमा राख्ने कुरा भयो भने म नोट अफ डिसेन्ट लेख्छु ।

 

प्रतिक्रिया दिनुहोस्: