काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने आज राती देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
नवलपुरको डण्डामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध
पछिल्लो ३ घण्टामा नवलपुरको डण्डास्थित वर्षामापन केन्द्र लगायत आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । सो क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले जनाएको छ।
सो क्षेत्र भई बहने नारायणी नदी र त्यसका सहायक नदीहरु तथा अन्य स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैले नदी तटीय क्षेत्रका बासिन्दालाई दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
नवलपुरमा ६ घण्टाको अवधिमा १४७.४ र तीन घण्टा अवधिमा ८६.६ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी चितवनको देवघाटमा तीन घण्टाको अवधिमा ७१.४ र पाल्पाको अर्चलेमा ६०.६ मिलिमिटिर वर्षा मापन भएको छ । नवलपरासी पश्चिमको देउरालीमा ५७.२ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्: