बेचन झाँ विरुद्धको मुद्दामा आज थुनछेक बहस हुदै

२०८१ साउन ३१

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाँ उपर लागेका आरोपमाथि आजबाट थुनछेक बहस हुँदै छ ।

थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश हुने छ ।उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

अदालतमा दायर अभियोग पत्रमा समावेश झाँको बयानमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहै नभएको जिकिर गरेका छन् । सरकारी वकिलको रोहबरमा प्रहरीसँग उनले इन्कारी बयान दिएका हुन् ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई केही थाहा नभएको बताएका थिए ।

प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा झाँ विरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: