वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले गणतन्त्र सखाप पार्ने खेल भइरहेको बताएका छन् । खासगरी दुइ ठूला दलहरुबाट गणतन्त्र सखाप पार्ने षड्यन्त्र भइरहेको उनले बताएका हुन्।
जनमत पार्टी पर्साले आज बीरगन्जमा आयोजना गरेको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेपालमा दुई दलीय व्यवस्था जबरजस्ती ल्याउने षड्यन्त्र भइरहेको छ । यो षड्यन्त्र भनेको जनतालाई नोक्सानी पुग्ने षड्यन्त्र रहेको उनको बताए छ ।
यो षडयन्त्रको विरुद्ध सडक आन्दोलनका लागि तयार रहन अध्यक्ष राउतले निर्देशन दिए । नेपाली कांग्रेस र एमालेले यो प्रपञ्च रचिरहेको जनाउँदै उनले यसको गन्ध बुधबार चलेको सदनको बैठकबाट प्रष्ट भएको सुनाए ।
दुई ठुला दलले गरिरहेको यो षड्यन्त्रको विरोधमा पुन आन्दोलनमा उत्रिन तयार रहनुपर्ने जरुरी रहेको उनले प्रष्ट्याए।
उनले सरकार र सदनबाट विश्वास नरहेको जनाउँदै अबको अन्तिम बाटो भनेको सडक आन्दोलन नै रहेको छ । संघीयतालाई ‘पर्फेक्ट’ बनाउँनु पर्नेमा संघीय सरकारले अझ प्रदेशहरुलाई अधिकार दिनबाट बञ्चित गरिरहेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्: