सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

२०८१ साउन ३०

धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री शाहले विश्वासको मत लिएका हुन्।

मुख्यमन्त्री शाहले सभामा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ३६ जना प्रदेश सभा सदस्यले मतदान गरेका हुन्।५३ सदस्यीय प्रदेश सभामा शाहलाई नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७ गरेर ३६ जना प्रदेश सभा सदस्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन्।

साउन २० गते मुख्यमन्त्री नियुक्त भएका शाहले नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्तिका ७ गरी ३६ मत पाएका हुन् ।

विपक्षमा ८ मत परेको छ । एकीकृत समाजवादीका ४ र माओवादीका ४ मत विपक्षमा परेको छ । माओवादीका १० सांसदमध्ये ६ जना अनुपस्थित रहेका थिए । यस्तै राप्रपा अनुपस्थित र स्वतन्त्र सांसदको मत तटस्थ रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्: