अर्थ
पर्सा । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने पर्साको सितलपुरमा दुई जना युवक मृत अवस्थामा फेला परेका छन्।
पर्सा राष्ट्रिय निकुञ्जको रामभौरी भाटादेखि झण्डै १५ किलोमिटर उत्तर पश्चिममा पर्ने पर्सा जिल्लाको बसतपुर भन्ने ठाउँमा उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
मृतकहरु मकवानपुर राक्सिराँगका राजकुमार नेगी र मकवानपुर मनहरी ५ का रामबहादुर मोक्तान रहेको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ। उनीहरु श्रावणमा लाग्ने मेला हेर्न भाटास्थित प्रसिद्ध दुग्धेश्वर महादेव मन्दिरमा हिँडेको अवस्थामा गएको सोमबारदेखि नै जंगलमा बेपत्ता थिए।
हिजो साँझ ६ बजेतिर उनीहरुको शब प्रहरीले मृत अवस्थामा बरामद गरेको हो। तातो खबर।



प्रतिक्रिया दिनुहोस्: