अर्थ
काठमाडौं । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्ति राज कोइरालाका अनुसार नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा क्याप्टेन सहित हुँदा ५ जनाको मृत्यु भएको छ ।
एसपी कोइरालाका अनुसार शिवपुरी गाउँपालिका-७ सूर्यचौर डाँडामा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।
- हेलिकप्टर पाइलट अरुण मल्ल बाहेक अरु चार जना चिनियाँ नागरिक रहेका बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीले जानकारी दिएका हुन्। डीआईजी केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ ।



प्रतिक्रिया दिनुहोस्: