अर्थ
चितवन । चितवनको इच्छाकामना गाउँपालिका- ४ मा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । नाग्दी खोला भन्ने ठाँउमा ढुंगासहितको पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार दुई तर्फी सडक नै अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा सवारी साधन र तिनमा सवार यात्रुहरु बीच बाटोमै रोकिएका छन् ।
पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्: