मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा

२०८१ साउन १८

वीरगंज । नेपाल–भारत सहयोगमा निर्माणाधीन मोतिहारी–बाराको अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम लगभग पूरा भएको छ ।

नेपाल आयल निगमले उक्त परियोजनाको ९० प्रतिशत काम पूरा भएको मधेश प्रदेशको प्रादेशिक प्रादेशिक प्रमुख विनित मणी उपाध्यायले राष्ट्रमार्गलाइ बताउनुभएकाे छ ।

निगमको मधेस प्रदेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायका अनुसार मोतिहारी–अमलेखगञ्ज पेटोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको मुख्य ट्याङ्की चार हजार एक किलोलिटर क्षमताका दुईवटा ट्याङ्की निर्माण पूरा भएको तथा अन्य प्राविधिक काम दुई महिनाभित्र सम्पन्न गर्नेगरी द्रुतगतिमा भइरहेको छ ।

पेट्रोलियम पदार्थको भण्डारणसँगै पाइप लाइन जडानकार्य पनि अन्तिम चरणमा पुगेको छ । परियोजनामा सरकारको रु एक अर्ब ५४ करोड तथा भारत सरकारको रु ६० करोड लगानी भएको प्रमुख उपाध्यायले बताउनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्: