आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

२०८१ साउन १८

काठमाडौं । साउन २० गते आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, मिति २०८१ साल साउन २० गते आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौ उपत्यकाका ३ जिल्लाहरूमा सार्वजनिक विदा दिने निर्णय भएको व्‍यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौ उपत्यकाका तीन जिल्लामा सार्वजनिक विदा दिने व्‍यवस्था भएको गृहमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: