राजनीति
महोत्तरी। बाढीले महोत्तरीको बर्दिबास नगरपालिका ५ मा पर्ने बेलगाछी पुलमा क्षेती पुर्याएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बेलगाछी (ढुंग्रे खोला) पुलसँग जोडिएको दक्षिणतिरको सडकको ५–६ फिट भाग भत्किएको छ । सडकमा क्षति पुगेपछि रातिदेखि नै यातायात ठप्प छ ।
राजमार्गमा क्षति पुगेपछि डाइभर्सन गरिएको छ । त्यहाँबाट माइस्थानचोक, गौशाला रोड हुँदै हुलाकी सडकमा निस्किएर कान्तिबजार, लक्ष्मीनियाँ हुँदै पुनः पूर्वपश्चिम राजमार्गमा निस्किने गरी व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्: