रातभर भारी वर्षा, काठमाडौं उपत्यकामा बाढी, बल्खु खोलामा आएको बाढले एक जनाको मृत्यु

२०८१ साउन १६

काठमाडौं । राती १२ घण्टाको अवधिमा देशभर वर्षा भएको छ । विशेष गरेर कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको धाप ड्याममा सबैभन्दा धेरै १०७ मिलिमिटर वर्षा भएको छ । त्यसपछिको धेरै वर्षा बुढानीलकण्ठमा ९०.४ मिलिमिटर रेकर्ड भएको छ।

सबैभन्दा धेरै वर्षा चितवनको शक्तिखोर केन्द्रमा भएको छ । त्यहाँ १३७ मिलिमिटर वर्षा मापन भएको विभागको तथ्यांक छ । त्यसपछिको धेरै वर्षा सिन्धुपाल्चोकको मानेखर्कमा १२७ मिलिमिटर रेकर्ड भएको  विभागले जनाएको छ ।

बल्खु खोलामा आएको बाढीले एक जनाको मृत्यु 

गएरातिदेखि परेको अविरल वर्षाका कारण उपत्यकाका नदीहरुमा बाढी आएको छ । बल्खु खोलामा आएको बाढीले खोलामा एक जना मृत अवस्थामा भेटिएका छन्।

बल्खु खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले बताए ।

उनका अनुसार, मृत्यु हुनेमा बाँके घर भइ सुकुम्बासी वस्तीमा बस्ने ४५ वर्षीय राम सरुप महतो छन् ।

बुधबार बिहान साढे ७ बजेतिर उको शव बल्खु पुल मुनि अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त, कालिमाटीले घटनास्थलको मुचुल्का र थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्: