बागमतीका मुख्यमन्त्रीले १५ गते विश्वासको मत लिने

२०८१ साउन १३

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले १५ साउनमा विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री लामाले विश्वासको मत लिनका लागि पत्राचार गरेपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले १५ साउन दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका हुन्।

उनले शनिबार १४ सदस्यीय मन्त्रिपरिषद् बनाएर सरकारलाई पूर्णता दिएका थिए । १३ वटा मन्त्रालय रहेको बागमतीमा कांग्रेसबाट थप एक मन्त्री थप गरिएको छ । मदुकुमार श्रेष्ठ विना विभागीय मन्त्री छन्।

नेपाली कांग्रेस र एमालेको समर्थनमा ९ साउनमा मुख्यमन्त्री नियुक्त भएका लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेस गर्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्: