समाज
जनकपुरधाम । मधेश प्रदेश लोक सेवा आयोगको अध्यक्षमा शिवराम यादव नियुक्तिको लागि सिफारिस भएका छन् ।
मुख्यमन्त्री सतिशकुमार सिंहले यादवलाई मधेश लोक सेवा आयोगको अध्यक्षमा नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सिफारिस गरेका छन् ।
उनको नियुक्ति प्रदेश प्रमुखले शुक्रबार गर्ने तयारी छ । शुक्रबार नै उनको शपथग्रहण हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
५७ वर्षीय यादव सिरहाको सिरहा नगरपालिका वडा नम्बर १३ गमहरिया निवासी हुन् । उनले सिंघानिया युनिभर्सिटी भारतबाट पीएचडी गरेका छन् । उनी सडक विभागको हेबी इक्विपमेन्ट डिभिजन काठमाडौंमा कार्यरत थिए । उनमा संघीय लोक सेवा आयोगको रोस्टर विज्ञको रुपमा काम गरेको अनुभव पनि छ ।



प्रतिक्रिया दिनुहोस्: