दर्जन बढी निर्माण कम्पनी परे कालोसूचीको लिस्टमा

२०८१ साउन १०

काठमाडौं। नेपाल सरकारले दर्जन बढी निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमा काम सम्पन्न नगर्ने १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने जनाएको छ ।

कार्यालयले नेपाल बिल्डर्स, आरआर कन्स्ट्रक्सन, सेक्टर कन्सलटेन्ट एण्ड डेभलपर्स, ज्योती निर्माण सेवा, यूभी कन्स्ट्रक्सन, गणपति निर्माण सेवा लगायत कम्पनीलाई कालोसूचीमा राख्ने भएको हो ।

कार्यालयले उक्त कम्पनीहरुलाई कालोसूचीमा राख्न नपर्ने आधार भए प्रमाणसहित ७ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।कार्यालयले यसअघि ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन निजहरुहरुको ठेगानामा सूचना पठाएकोमा हालसम्म पनि लिखित स्पष्टीकरण नआएकोले सात दिनको समय थप गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्: