जहाज दुर्घटनामा १८ जनाको मृत्यु , पाइलट घाइते

२०८१ साउन ९

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तीमा आगलागी नियन्त्रणमा लिई  १८ जनाको शव संकलन गरिएको उल्लेख छ। एन–एएमई सीआरजे-७ विमान आज बिहान काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको थियो । विमानमा चालक दलका सदस्यसहित १९ जना थिए , चालकलाई जिवितै उद्धार गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्: