मानव बेचबिखन आरोपमा एक युवक पक्राउ

२०८१ साउन ८

काठमाडौं । बालिकालाई बेचबिखन गरेको आरोपमा २० वर्षिय एक युवक पक्राउ परेको छ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नं.१ का २० वर्षीय कुशल खरेललाई पक्राउ गरेको हो । खरेल भक्तपुरको मध्यपुर थिमी नगरपालिका – १  मा रहेको सिन्धुली होटल ढिडो सर्भिस एण्ड गेस्टहाउसका सञ्चालकमध्ये एक रहेको पाइएको ब्यूरोका प्रवक्ता एस.पी. गौतम मिश्रले बताए ।

उनी नेपाली काउन्टडाउन युट्युब च्यानलका सञ्चालक रहेको पनि पाइएको प्रहरीले जनाएको छ । नाबालिकालाई होटलमा वेटरको काम भनेर जबर्जस्ती यौनकार्यमा लगाउने गरेको पाइएको एसपी गौतमले बताए ।

यसअघि उनीहरुले सञ्चालन गरेको गेस्टहाउसबाट ६ जना बालिकाको उद्दार समेत गरिएको थियो।

उनीहरुले संचालन गरेका होटलबाट २४ असारमा ब्यूरोको टोलीले बीरबहादुर सिन्तान र सुबिलाल सिन्तानलाई पक्राउ गरेको थियो । तर खरेल भने फरार हुँदै आएका थिए । खरेललाई मंगलबार बत्तिसपुतलीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्: