काठमाडौं / उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको चाहनाअनुसार नै संविधान संशोधन हुने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
संविधानको विशेषता नै संविधानमा उल्लेखित दफाहरु विधि, प्रक्रिया पूरा गरेर परिवर्तन गर्न सकिने, समयको माग, जनताको चाहनाअनुसार संविधान परिवर्तन हुने उनले बताए।
उनले संघीयताको मर्म र भवनाअनुसार कानूहरु बनाउन नसक्दा अहिलेको परिस्थिति सिर्जना भएको बताए। उनले जनताको चाहना पूरा गर्नका लागि काँग्रेस र एमाले मिलेर सरकार बनाएको बताए। उनले युवाहरु रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यतको अन्त्य, अर्थतन्त्र चलायमान बनाउन, विकास निर्माणका गतिविधि अघि बढाउनका लागि सरकारले काम गर्ने बताए।
उपप्रधानमन्त्री सिंहले तीन तहकै सरकार अधिकार सम्पन्न भएर काम गरेको भए अहिलेको अवस्था नआउने टिप्पणी गरे।



प्रतिक्रिया दिनुहोस्: