संसदमा प्रधानमन्त्री ओलीलाई दुई तिहाइको विश्वास मत

२०८१ साउन ६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा दुई तिहाइ सांसदको विश्वास पाएका छन् ।

प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार संसदमा २६३ जनाको मात्र उपस्थिति थियो। ओलीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत खस्यो भने एक मत तटस्थ रह्यो ।

प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् ।

नेकपा माओवादी केन्द्र , राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिएका छन् । नेपाल मजदुर किसान पार्टीका एक मात्र सांसद प्रेम सुवाल तटस्थ रहे ।

प्रतिक्रिया दिनुहोस्: