राप्रपाले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने

२०८१ साउन ५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निर्देशक समितिको शनिबार बसेको बैठकले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिलाई राप्रपाले सकारात्मक भएको भनेको थियो। नयाँ सरकारलाई प्रारम्भिक रुपमा सकारात्मक हिसाबले लिएको भए तापनि तत्पश्चातका सम्पूर्ण गतिविधिको विश्लेषण गरेर विश्वासको मत नदिने निर्णय लिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनुहोस्: