लत्ताकपडा तथा खाद्यान्न सामानहरू निर्माणमा

२०८१ साउन ४

बीरगंज । पर्सा जिल्ला बीरगंज महानगरपालिका वडा नं. १६ रजतजयन्ती चोक स्थित सडकखण्डबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले भारतबाट भन्सार छली गरी ल्याएका मालबस्तुहरू अ.मू.रु.५,००,३७० ( पाँच लाख तिन सय सत्तरी ) बराबरका विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामानहरू बरामद गरिएको छ ।

भन्सार छली गरी ल्याएका सामानहरूलाई आवश्यक कारवाहीको लागि मिति २०८१।०४।०३ गते बीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएका छन।

प्रतिक्रिया दिनुहोस्: