राजनीति
बीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ देउरियामा बोराभित्र राखिएको अवस्थामा २० किलोग्राम चरेस बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार करिब २० किलोग्राम लागु औषध चरेस सोमबार राति बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको टोलीले गस्ती गर्ने क्रममा हनुमान मन्दिरको छेउमा बोराभित्र रहेको चरेस बरामद गरेको हो । उक्त चरेस र त्यसको ओसारपसारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्: