संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

२०८१ असार ३१

काठमाडौं । साउन ७ गते प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची राखिएको छ ।

सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले उक्त दिन प्रश्न सोध्न चाहने सांसदले ४ साउनभित्र प्रश्न टिपाउन आग्रह गरे । प्रश्न सोध्न चाहने सांसदले प्रतिनिधि सभाको सचिवालयमा लिखित प्रश्न टिपाउनु पर्नेछ

प्रतिनिधि सभाको बैठक साउन ७ गते बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्: