समाज
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारलाई भोलि सोमबार नै पूर्णता दिने तयारी भइरहेको छ ।
राष्ट्रपतिको कार्यालयले आज साँझ ५ बजेपछि मात्र ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने भएकाले सोमबार बिहान ११ बजे शपथ समारोह राख्ने तयारी चलिरहेको छ ।
ओलीले आफूले शपथ लिँदा मन्त्रिपरिषदलाई पूर्णता दिन चाहेका छन् । सकेसम्म भोलि नै मन्त्रिपरिषदलाई पूर्णता दिइनेगरी छलफल भइरहेको ओली निकट स्रोतले भन्यो ।
ओलीले एकैपटक सबै मन्त्री नियूक्त गर्न चाहेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसैअनुसार छलफल गरिरहेका छन् । भरे रातिसम्म मन्त्रीहरुको टुंगो लाग्छ देउवा निकट एक नेताले भने ।
त्यसैगरी साना दलहरु पनि आइतबार नै मन्त्री टुंगो लगाउन छलफलमा जुटेका छन् ।



प्रतिक्रिया दिनुहोस्: