राजनीति
चितवन । चितवनको भरतपुर महानगरपालिका २८ मा एक भारतीय नागरिककाे शव फेला परेको छ।नारायणी नदी किनारमा घाेप्टाे परेको अवस्थामा शव भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । उनी भारतीय नागरिक ऋषि साह रहेको खुलेको छ ।
उनको साथमा रहेको रासन कार्डकाे आधारमा शवकाे पहिचान गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
शव भेटिएका व्यक्ति सिमलतालमा पहिरामा परेर त्रिशूलीमा खसेकाे बसका यात्रु हुनसक्ने अनुमान गरिएको छ । पुष्टि गर्न बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्: