राजनीति
बीरगंज । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिकामा बस दुर्घटना भएका १४ जना यात्रु घाइते भएका छन् ।
बिहान दस बजेको समयमा उपमहानगरपालिका- १६ पसाह पुलभन्दा पूर्व नजिकै ना ४ ख ७१९४ नम्बरको यात्रुबाहक बस दुर्घटनामा पर्दा सोमा सवार १४ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
मंगलवाबाट बीरगंज आउँदै गरेको बस ओभरटेक गर्ने क्रममा सडक किनारमा पल्टेको हो । दुर्घटनामा परी घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर, तीन जना मध्यम र दस जनाको अवस्था समान्री रहेको छ ।
घाइतेहरूको सिमर अस्पतालमा उपचार भरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । बसका सहचालक सिमरा बस्ने राकेश कुमार साहलाई नियन्त्रणमा लिई दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको न्यौपानेले बताए ।



प्रतिक्रिया दिनुहोस्: