गृहमन्त्रीलाई राप्रपाको चुनौती

२०८१ असार २३

काठमाडौं। आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले क्यान्टोनमेन्ट घोटालाको फाइल खोल्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन् ।

उनले भने, ‘गृहमन्त्रीज्यूलाई काम गर्ने कुरामा समर्थन छ, क्यान्टोनमेन्ट घोटालामा कसको नाम छ रोष्टममा आएर बताउनुस् । हामी तपाईलाई समर्थन गर्छौं ।’

उनले जीबी राई पक्राउ गरेर ल्याउनुस् । यहीं संसदमा हामी फूलमालाले स्वागत गर्छौ । ७२ घण्टामा निर्मला पन्तको हत्यारा पत्ता लगाउँछु भन्नुभयो । सबै जनताले पत्याएर भोट हाल्यौं’ उनले भने, १२४ दिन भयो सरकारमा गएको आज के भयो ? अझै ७ दिन फाइल खोलौं । झ्याम कि झ्याम यहींबाट पक्राउ गरेर जेल हालौं ।

शाहीले सुकुम्वासीहरुलाई खोला किनाराबाट हटाउन काठमाडौं महानगरपालिकाले पत्र पठाएर गृहमन्त्रीलाई पटक-पटक आग्रह गरे पनि प्रहरी नपठाएको बताए । उनले गृहमन्त्रीले संसदमा आएर ठूलो कुरा मात्रै गरेको बताए ।

काठमाडौं महानगरपालिकाले कतिपटक पत्र काट्यो होला हुकुमबासीलाई (सुकुम्वासीलाई) हटाऔं भन्दाखेरि हाम्रो गृहमन्त्रीज्यू एउटा प्रहरी दिन पनि सक्नुहुन्न । अनि संसदमा आएर ठूलो कुरा ?

उनले भने संविधान संशोधन गरौं । संविधानलाई परिवर्तन गरौं  संविधान गीता, कुरान, बाइबल होइन । देशको हितमा छ भने संशोधन गरेर अगाडि बढाऔं। हितमा छैन भने बुँदाहरु कटौती गरौं।

 

प्रतिक्रिया दिनुहोस्: