काठमाडौँ / नेपालमा मनसुन अझै सक्रिय हुने भएकको छ। नेपालमा मनसुन न्यून चापीय रेखा थप केही दिन नेपालको दक्षिण भूभाग आसपास नै रहने भएकाले वर्षा जारी रहने भएको हो।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज एक विशेष मौसम बुलेटिन जारी गर्दै नेपालमा २३ गतेसम्म मनसुन थप सक्रिय हुने र ठाउँठाउँमा भारी वर्षा हुने जनाएको हो। यसपटक विशेष गरी पश्चिम नेपाल प्रभावित हुने पनि जनाइएको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा तथा थोरै स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।
यो अवधिमा देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस्: