राजनीति
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लाइ अख्पतियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ ।
मेयर महर्जन विरुद्ध उनको अघिल्लो कार्यकालमै बाढीपहिरो पीडितका नाममा महानगर लाइ हानी हुने गरी नियम विपरित रकम बाँडेको भन्दै उजुरी परेपछि सोधपुछका लागि बोलाइएको अख्तियारले जनाएको छ ।
उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णय विपरीत रकम बाँडेको आरोप छ ।
बुधबार मात्रै ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा मिचेको भन्दै अख्तियारकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खालमा डोजर चलाएको थियो ।



प्रतिक्रिया दिनुहोस्: