रौतहटमा किसानद्वारा बाँदर नियन्त्रणको प्रदर्शन

२०८१ असार १९

रौतहट । बाँदर नियन्त्रणको माग गर्दै रौतहटको गरुडा नगरपालिकाका किसानहरु आन्दोलित भएका छन् ।

बाँदरले बाली खाइदिने तथा बाली उत्पादन नै हुन नदिने भएपछि नियन्त्रणको माग गर्दै किसानले गरुडा बजारको मूल सडकमा प्रदर्शन गरेका हुन् ।

बाँदर नियन्त्रणका लागि किसानहरुले मंगलवार गरुडा नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका थिए ।

स्थानीय नेता दीपक कुमार यादवको नेतृत्वमा भेला भएका किसानहरुले मेयर कन्थमनी प्रसाद जयसवाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

बाँदरले खेतबारीमा फल्दै गरेको मकै लगायतका बालीनाली मात्र होइन, मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात समेत नास गर्ने गरेको किसानले गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्: