सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित तीनजना पक्राउ

२०८१ असार १९

ललितपुर /ललितपुरको मानभवनस्थित सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा अध्यक्षसहित तीनजना पक्राउ परेका छन्। सहकारीको ७ करोड १३ लाख रुपैयाँ हिनामिना गरेका सुयोगका अध्यक्ष सुनिल महर्जन, उपाध्यक्ष मलिका महर्जन र सचिव अर्पण कवालाई प्रहरीले पक्राउ गरेको हो

सहकारीको कुल निक्षेप ४५ करोड रहेको छ। तीन जनाविरुद्ध गत चैतमा ठगीसम्बन्धी उजुरी दर्ता भएपछि उनीहरू फरार थिए। उनीहरूविरुद्ध महानगरीय प्रहरी परिसर जावलाखेलमा ठगी उजुरी दर्तापछि अरू बचतकर्ताले पनि किटानी जाहेरी दिएका थिए।

उनीहरूलाई ३ तीन ठाउँ बारा, ललितपुर र भक्तपुरबाट प्रहरीले पक्राउ गरेको हो। सुयोग बहुउद्देश्यीय सहकारीको शाखा रहेको चापागाउँ टाहाखेल कार्यालयबाट पनि बचतकर्ताको रकम हिनामिना भएको पाइएको छ।

सहकरीका अध्यक्ष महर्जन बैंकिङ कसुर मुद्दामा समेत फरार रहेका प्रतिवादी भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: