काँग्रेस एमाले बिच भएका समझदारी अनुमोदन गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

२०८१ असार १९

काठमाडौं । नेपाली कांग्रेसको नेकपा (एमाले) सँग सत्ता सहकार्यको समझदारी अनुमोदन गर्न नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक आज विहान ९ बजे काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्न लागेको हो।

प्रवक्ता डा. प्रकाशशरण महतले एमालेसँग कांग्रेसले गरेको गठबन्धनका लागि भएका समझदारीलाई अनुमोदन गर्न कार्य सम्पादन समितिको बैठक बोलाइएको जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन जारी गरिएको छ ।

कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने, संविधान संशोधन गर्ने र नयाँ सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने लगायतका विषयमा समझदारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्: