भोलिसम्म राजीनामा दिन प्रचण्डलाई एमालेको आग्रह

२०८१ असार १८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा (एमाले) ले बुधबार सम्म  राजीनामा दिन आग्रह गरेको छ ।

नेकपा एमालेको मंगलबार बसेको सचिवालय बैठकले एमाले र कांग्रेसबीचमा सहमति भए अनुसार संविधानको धारा ७६ (२) बमोजिम अर्को सरकार निर्माण गर्न बुधबारसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आह्वान गर्ने निर्णय गरेको नेकपा एमालेका एक नेताले जानकारी दिए ।

एमालेको कांग्रेससँग भएको सहमति अनुसार अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन अरु दललाई पनि सहभागी हुन आह्वान गरेको छ ।

सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सरकारको नेतृत्वमा आलोपालो गर्ने र सुरुमा ओली प्रधानमन्त्री हुने सहमति भएको दुबै दलका नेताहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्: