कोशी प्रदेशकी प्रदेश सांसदले भनिन्- रातो किताब च्यातौं-च्यातौं लाग्छ

२०८१ असार ६

विराटनगर । कोशी प्रदेशको सत्तापक्षीय दल नेकपा एकीकृत समाजवादीकी सांसद विद्या चाम्बलिङ राइले जेटको किताब च्यात्न मन लागेको बताएकी छन् ।

बिहीबार प्रदेश सभा बैठकको विशेष समयमा बोल्दै समाजवादीकी सांसद विद्या चाम्लिङ राईले बजेट विनियोजनमा विभेद भएकाले रातो किताब च्यात्न मन लागेको बताएकी हुन् ।

जनताको पसिनाले बनेको यो सम्पत्ति रातो किताब, राखौं–राखाौें  लाग्नुपर्ने हो  उनले भनिन, ‘तर बजेट पक्षपातपूर्ण भएकाले च्यातौं–च्यातौं जस्तो लाग्छ ।

उनले जनता अभिभावकविहीन भएको बताइन् । ‘बाढी र पहिरोले जनता घरबारविहीन र मृत्यवरण गरिरहेका बेला हामी बजेटमा झगडा गर्नुपर्ने बाध्यात्मक अवस्थामा छौ , उनले भनिन्।

उनले रातो किताब संशोधन गर्न पनि माग गरिन् । राईले ५० लाखको योजना माग गरेको तर आफ्नो क्षेत्रमा २६ लाखका मात्रै योजना समावेश भएको गुनासो गरिन् ।

कोशी प्रदेशको बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राप्रपाले बुधबारको बैठक बहिष्कार गरेका थिए । सरकारसँगको बैठकपछि आजको बैठकमा दुई दल सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्: