पवन प्रसाद साह
वीरगंज, १ असार । नेपाल राष्ट्र बाद संघ केन्द्रिय कार्यालय वीरगंजले पुर्ब राजा ज्ञानेन्द्र बिर बिक्रम शाहदेवको ७८ औं शुभजन्मोत्सवको उपाध्यक्षमा सता ब्यापी कार्यक्रम गर्ने भएको छ।
नेपाल राष्ट्र बाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा बसेको बैठकमा जि•बि•बि•स•पर्साका पुर्ब जिल्ला सभापति शम्भु प्रसाद चौरसिया, उमाशंकर प्रसाद कलवार, पृथ्वी झा, बीरेन्द्र थापा, बीरेन्द्र साह तेली, परमेश्वर साह कानु,अनु राणा,पवन प्रसाद साह लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो।
उक्त बसेको बैठकबाट पुर्ब राजा ज्ञानेन्द्र बिर बिक्रम शाहदेवको ७८ औं शुभजन्मोत्सवको उपलक्ष्यमा असार १९ गते iCP सडक चौकमा दिपावली गरिने, असार २० गते गहवा माई मन्दिरमा होमजाप तथा दीपावली गरिने, असार २१ गते घण्टाघरमा साझ ७ बजे दीपावली गरिने, असार २२ गते घण्टाघरबाट शुभकामना र्याली नगर परिक्रमा गरिने, असार २४ गते पोखरिया शिवमन्दिरमा साझ ७ बजे दिपावली गरिने, असार २५ गते कार्यकर्ताहरूमा प्रशंसा पत्र प्रदान गरिने नेपाल राष्ट्र बाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्: