कबड्डी खेलाडी सागरलाई वडा अध्यक्ष यादले गरे सम्मानित

२०८१ जेष्ठ २७

वीरगंज । वीरगंजका कबड्डी खेलाडी सागर यादवलाई ५ हजार नगद सहित सम्मान गरिएको छ । वीरगंज महानगरपालिका वडा नं. १५ को कार्यालयमा एक कार्यक्रमको आयोजना गरी यादवलाई सम्मान गरिएको हो ।

वीरगंज महानगरपालिका वडा नं. १५ निवासी ज्ञानचन्द राउत अहिरका १७ बर्षिय छोरा सागर यादवले नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाललाई दोस्रो स्थान दिलाउन अथक योगदान गरेको भन्दै वीरगंज महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष रमेश यादवले नगद सहित सम्मान गरेका हुन् । अन्तराष्ट्रिय कबड्डी प्रतियोगितामा १२ देशका खेलाडीहरुको सहभागी रहेको थियो । फानल खेलमा नेपाल बांगलादेशसँग पराजित हुदै दोस्रो स्थान हासिल गरेको थियो । फाइल खेलमा यादवले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष यादवले सागरलाई भारतमा ३ महिनाको कबड्डी ट्रेनिङ्गको व्यवस्था मिलाउने एवं सो ट्रेनिङ्गको सम्पूर्ण खर्च वडा कार्यालयले व्यहोर्ने घोषणा समेत गरेका थिए । खेल आगामी दिनमा आफ्नो गाउँठाउँमात्र नभएर सिंगो देशलाई अन्तराष्ट्रिय स्तरमा परिचित गराउने माध्रायम रहेकोले खेलाडीहरुलाई राष्ट्रले नै प्रोत्साहन गर्नु पर्नेमा अध्यक्ष यादवले जोड दिए ।

वडा कार्यालयमा खेलाडी यादवलाई वडा अध्यक्ष यादवले टिका र खादा लगाउँदै नगद ५ हजार प्रदान गरेका थिए । सम्मान कार्यक्रममा वडा कार्यालयका कर्मचारी स्थानिय अगुवा तथा खेलाडीहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: