परवानीपुर गाउँपालिकालाई खानेपानीको व्यवस्थापन सहज गर्न माग राख्दै ध्यानाकर्षण पत्र

२०८१ जेष्ठ २५

परवानीपुर, (बारा) । नेपाल रिटर्नी एशोसिएशन (समाजवादी) बाराले परवानीपुर गाउँपालिकालाई खानेपानीको व्यवस्थापन सहज गर्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

परवानीपुर गाउँपालिकामा विगत एक महिनादेखि खानेपानीको अभावले जनजीवन कष्टकर बन्दै गएको कारण नेपाल रिटर्नी एशोसिएशन (समाजवादी) बाराका जिल्ला सदस्य सुरेन्द्र प्रसाद कुर्मीको नेतृत्वमा विहीबार गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहतालाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा वडामा रहेको डिप बोरिङ्गको उचित व्यवस्थापन सहित ५ दिन भित्र संचालनमा ल्याउन माग सहित बुझाएको जिल्ला सदस्य कुर्मीले बताए ।

२०८० को बैशाख जेठमा भएको गर्मी कारण पालिकाबाट परवानीपुर गाउँपालिकाको ५ वटै वडा भरी डिप बोरीङ्ग गरिएको थियो । तर उचित व्यवस्थापन नहुँदा गाउँपालिका वडा ५ बहुअरी टोलमा रहेको बोरीङ्ग जीर्ण बन्दै गएको छ । बन्द डिप बोरीङ्गलाई संचालनमा ल्याउन वा उचित व्यवस्थापन गर्न ज्ञापनपत्र प्रमुख प्रशासकीय अधिकृत मेहतालाई बुझाएको नेपाल रिटर्नी एशोसिएशन (समाजवादी) बाराका अध्यक्ष अनिल कुमार साहले जानकारी दिए ।

नेपाल सरकारद्वारा तोकिएको ऐन कानून अनुसार स्थानीय बासीलाई खनेपननी सहज बनाउने उद्देश्यले रिटर्नी एशोसिएसन अगाडि बढेको अध्यक्ष साहले बताए । ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय प्राण मेहताले वडा नम्बर ५ मा बन्द भएको डिप बोरीङ्ग संचालनमा ल्याउन आफूले पहल गर्ने जनाए ।

नेपाल एकिकृत समाजवादी परवानीपुर गाउँपालिका अध्यक्ष रामेश्वर प्रसाद पटेल, युवा संघका पालिका अध्यक्ष सागर पटेल, मनोज पटेल, जटाशंकर पटेल, सनी साह, भरोस पटेल, लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: